काठमाडौैं / रामजानकी विवाह महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिँदैछ। जनकपुरधामको गंगासागर पोखरीमा रामजानकी विवाहको पूर्व सन्ध्यामा मटकोर गराइनेछ। जानकी मन्दिरबाट बालबालिकालाई सीतारामको पहिरनमा सजाई बाजागाजासहित गंगासागर पुगेर मटकोर विधि गराउने परम्परा छ। जानकी मन्दिरबाट निस्किने जानकीको डोलासहित श्रद्धालुहरूले गंगासागरबाट माटो खनेर लग्ने गर्छन्। [...]