मधेशका मन्त्रीहरुको सामूहिक राजीनामा, मधेश सरकार संकटमा

तातोखबर, जनकपुरधाम / सत्ता साझेदार माओवादी केन्द्रका मधेश सरकारमा रहेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मधेशको ठूलो दल एमालेका मन्त्रीहरुको सामूहिक राजीनामा दिएका छन् ।समर्थन फिर्ता लिएपछि मधेश सरकार संकटमा परेको छ ।
माओवादी केन्द्रका २ जना मन्त्रीले सरकारबाट राजीनामा दिएका थिए । माओवादीबाट मधेश सरकारमा रहेका बिना विभागीयमन्त्री भरतप्रसाद साह र उद्योग‚ वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले राजीनामा दिएका हुन् ।
यसअघि संकटकाबीच विश्वासको मत लिने क्रममा मुख्यमन्त्री यादवले साहलाई रोजेको मन्त्रालय दिने सहमति गरेर पछि वनमन्त्रीमा सीमित गर्न खोजेपछि साह आक्रोशित भएका थिए । उनले वन मन्त्रालयको पदभार ग्रहण अस्वीकार मात्र गरेनन् सरकार नै ढाल्ने तयारी समेत थाले ।
एमालेले आजै प्रदेश प्रमुख कार्यालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु