बैंकका अपरेशन इन्चार्जमाथि प्रभु बैंक गण्डकी प्रदेश अधिकृतको हातपात

Prabhu Bank Case

पाेखरा, २२ बैशाख / प्रभु बैंकको पोखरामा रहेको एक शाखाका अपरेशन इन्चार्ज मिलन पाठकमाथि बैंकका गण्डकी प्रदेश अधिकृत राजु राना मगरले चरम ज्यादती गरेका छन् । सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिएसँगै प्रभु बैंकको सो जिम्मेवारीमा रहेका पाठकमाथि बैंककै उच्च व्यवस्थापनको आडमा अधिकृत मगरले यस्तो ज्यादती गरेका हुन् ।

प्रभु बैंकको गण्डकी प्रदेश अधिकृत राजु राना मगरले बैंकको माथिल्लो व्यवस्थापनको आडमा दादागिरि मच्चाएर सेञ्चुरीबाट आएका अन्य कर्मचारीहरुलाई समेत दुरुत्साहित् गर्ने, अनावश्यक सरुवा गर्ने तथा अनेक प्रकारका दुःख दिएर बैंकको काम छोड्न बाध्य बनाएको पीडित कर्मचारीहरुले बताएका छन् । सेञ्चुरी बैंक तर्फका कर्मचारीहरुलाई दोश्रो दर्जाको कर्मचारीका रुपमा व्यवहार गर्ने तथा चरम दुर्व्यवहार गर्नुका साथै उनीहरूमाथि मानसिक तनाव दिने गरेको समाचार श्रोतले बताएको छ ।

Advertisement:Prabhu Bank Case

प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगरले एउटा शाखाको लागि तोकेर पठाइएका कर्मचारीको जिम्मेवारी तुरुन्त हेरफेर गरेर दुःख दिने र गाली गलौज गर्ने गरेपछि उनको यस प्रकारको दुर्व्यवहार सहन नसकेर सेञ्चुरी बैंकतर्फका कर्मचारीहरुले राजीनामा दिन थालेको समेत बताईएको छ ।

यसै सम्बन्धमा बैंक कर्मचारी युनियनले एक विज्ञप्ति जारी गरी बैंक सिपिओको उक्त दुर्व्यवहारको घोर भर्त्सना गरेको छ । जारी विज्ञप्तिमा प्रभु बैंकका गण्डकी प्रदेशका सिपिओले केहि दिनअघि आफ्नो कार्यकक्षमा शाखा अपरेशन इन्चार्ज मिलन पाठकलाई बोलाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको घटनाप्रति यस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैंक प्रशासनले छिटो यो समस्याको विधिवत समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत उक्त विज्ञप्तिमार्फत दिइएको छ ।

युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकका प्रदेश अधिकृतले पदीय आचरणलाई ख्यालै नगरी जङ्गली शैलीको व्यवहार प्रदर्शन गरेको घटनाको जतिसुकै शब्दमा निन्दा गरेपनि कमै हुन्छ । सो घटनामा मिलन पाठकको व्यक्तिगत सम्पत्ति (मोबाईल) तोडफोड गर्नुका साथै आजसम्म फिर्ता नगरी नियन्त्रणमा राखेकोले निजमाथि फौजदारी कानूनसमेत आकर्षित हुने देखिन्छ ।

व्यक्तिको सम्पत्तिमाथिको नियन्त्रण स्वयम् व्यक्तिको मात्र हुने हुँदा यस कार्य सरासर फौजदारी कानूनको उलङ्घन हो भन्ने हाम्रो बुझाई छ । यस युनियनको टोली १ वर्षअघि गण्डकी प्रदेशको भ्रमणमा निस्कदा अधिकांश शाखाका कर्मचारीबाट निज सिपिओको सम्बन्धमा धेरै गुनासाहरु आएका थिए, जससम्बन्धमा हामीले बैंक व्यवस्थापनलाई गम्भीर ध्यानाकर्षण गराएका थियौं ।’

बैंकका गण्डकी प्रदेश सिपिओ राजु राना मगरको उक्त निकृष्ट कार्यबाट त्यस प्रदेशमा काम गर्ने वातावरण निकै बिग्रिएको भन्दै विज्ञप्तिमा व्यवस्थापनले समयमा नै यस विषयलाई ध्यान नदिदा आज यस किसिमको घटना घट्न पुगेको उल्लेख गरिएको छ । पीडक सिपीओ रानामगरले संयमता नअपनाएको र कर्मचारीले कुनै किसिमको गल्ति गरेको भए बैंकभित्रै अनुशासन कारवाही गर्ने निकाय छुट्टै रहेको अवस्थामा गल्ति नगरेका कर्मचारीलाई पनि आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट र चरम अमानवीय व्यवहार देखाउनु अत्यन्त घृणित व्यवहार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पीडक सिपिओलाई तत्काल जिम्मेवारीमुक्त गरी निज उपर छानविन गर्ने र पीडित कर्मचारी मिलन पाठकलाई तुरुन्त न्याय दिन जोडदार माग गर्दै युनियनले सिपिओको यस हर्कतको तत्काल अनुसन्धान गरी बैंकको कर्मचारी विवियमावली २०७८ को परिच्छेद ९ को दफा ८३ को ग (३) अनुसार कारवाही हुनु पर्ने माग गरेको छ । न्याय दिन आनाकानी वा ढिलासुस्ती गरेमा युनियन संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने भन्दै यसबाट पर्न सक्ने नकारात्मक असरको जिम्मेवारी स्वयम् व्यवस्थापनले लिनु पर्ने समेत युनियनले चेतावनी दिएको छ ।

नाम नबताउने सर्त राखेर तातोखबरसँग भएको कुराकानीमा बैंकमा कार्यरत एक ठूलै कर्मचारीले उक्त तथ्यलाई पुष्टी गरिदिएका छन् । “बैंकले घटनाको छानबिन गरिरहेको र चाँडै कारबाहि भएको कुरा मिडियामा आउन सक्छ” उनले भने “राजु जि ले गलत गर्नु भएकै हो पिडितले न्याय पाउनु पर्छ ।”

याे पनि पढ्नुहाेस् : प्रभु बैंकका सिईओले आफ्नै कर्मचारी थुनाएको आरोप 

तत्कालिन सेञ्चुरी बैंक ऋण दुरुपयोग, प्रभु उच्च व्यवस्थापनको छुट्टै खेल

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application