चन्द्रागिरि हिल्स : धर्मको नाममा लुट्ने मेसो, भालेश्वर मन्दिर दर्शन गर्न कम्तिमा १०० तिर्नुपर्ने

bhaleshower-chandragiri-hills-limited-ticket

काठमाडौं, ४ असार / संसारमा कँहि नभएको धार्मिक तिर्थस्थलमा हुने पूजाआजा तथा दर्शनका लागि शुल्क तोकेर भक्तजनलाई शोषण गर्ने प्रबृत्ति चन्द्रागिरि हिल्सले सुरु गरेको तथ्य फेला परेको छ । चन्द्रागिरि हिल्सले केबुलकार सञ्चालन गरी दृश्यावलोकनका सेवा सञ्चालन गर्न लिजमा लिएको जग्गाको चरम दुरुपयोग गर्दै अनुचित आर्थिक लाभ लिदै आएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालन गरिदै आएको केवुलकारको गन्तव्यस्थलमा विभिन्न व्यावसायिक संरचना निर्माण गरी अवलोकनकर्ताहरुलाई शोषण गर्ने गरेको अवलोकनकर्ताले बताउन थालेका छन् । केबुलकारको माथिल्लो गन्तव्यस्थलको परिसरमा मन्दिर नै निर्माण गरी उक्त मन्दिर प्रवेशमा समेत शुल्क लिने गरिएको छ । तातोखबरले स्थलगत रिपोर्ट तयार पार्ने क्रममा भक्तजनहरुबाट चन्द्रगिरि हिल्सले प्रति पैदल यात्रुबाट १ सय रुपैयाका दरले पैसा असुल्दै आएको पाईयो ।

Advertisement:bhaleshower-chandragiri-hills-limited-ticket

स्थानीयलाई निःशुल्क प्रवेश दिने भनिए तापनि अनावश्यक झमेला र दुःख दिने गरेको भन्दै स्थानीयहरुमा समेत आक्रोश देखिएको छ । फोहोर व्यवस्थापनको नाममा पैसा लिने गरेको केबुलकार गन्तव्य परिसर रेखदेखमा खटिएका कर्मचारीहरुको भनाई रहेको छ । भालेश्वर मन्दिरबाट उठेको भेटीले सरसफाईको लागि पर्याप्त हुने जानकारहरुसँग गरिएको छलफलले पुष्टि भएको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुले बताएअनुसार मन्दिर प्रवेशबाट दैनिक दशौं हजार रुपैया नगद र अन्य पुन:प्रयोग हुने सामाग्रीहरु प्राप्त हुदै आएको छ । यहि विषयमा चासो बढेर गइरहँदा गौशालामा पशुपतिनाथको दर्शन गर्नका लागि पैसा तिर्न नपर्ने तर भालेश्वर महादेव दर्शन गर्न १ सय रुपैया तिर्नुपर्ने कारणको पछाडि चन्द्रागिरि हिल्सले गर्दै आएको आर्थिक शोषण नै भएको विभिन्न धार्मिक तिर्थस्थल व्यवस्थापनमा संलग्न सरोकारवालाहरु बताउँछन् ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित केबुलकार आवागमनको दुवै गन्तव्य परिसरमा सञ्चालनरत विभिन्न सेवा तथा वस्तुहरुको बिक्री वितरणमा समेत चर्को मूल्य तिर्न पर्ने र त्यहाँ पुग्ने यात्रुहरुले बाध्य भएर ती सामान खरिद गर्ने गरेको पनि बुझिएको छ । चन्द्रागिरि हिल्सको सरसफाइको खर्च पैदल यात्रुले तिर्नुपर्ने अवस्था कसरी उत्पन्न भयो ? भन्ने विषयमा उपभोक्ताहरुले आपत्ति जनाउन थालेका छन् ।

चन्द्रागिरि हिल्सको यस प्रकारको मनोमानीमाथि सम्पूर्ण मिडिया मौन रहनुलाई सर्वसाधारणले समेत बढो चासोका साथ हेर्ने गरेको पाईएको छ । केवलकारबाट यात्रा गर्ने यात्रुले त्यहाँ स्थापित भालेश्वर मन्दिर प्रवेश शुल्क तिर्नु नपर्ने भनिएता पनि विभिन्न बहानामा यात्रुहरु आर्थिक शोषणमा पर्ने गरेको केही यात्रुहरुले समेत गुनासो गरेका छन्  । चन्द्रागिरि हिल्सले यसरी चलाउँदै आएको अवैध धन्दाप्रति स्थानीय सरकार र सरकारका सम्बद्ध निकायहरु समेत नबोलेकाले धर्मको नाममा लुट्ने मेसोके विरुद्ध स्थानीय बासिन्दाहरु आन्दोलन गर्ने मनस्थितिमा देखिएका छन् ।

कम्पनीका सचिव तथा एचआर म्यानेजर झलकप्रसाद पौडेल सँग यस विषयमा यस विषयमा राखिएको जिज्ञासामा प्रवेश शुल्क बैधानिक रुपमा नै लिने गरेको दाबी गरे । उनले फोहोर व्यवस्थापन, पानीको व्यवस्थापन लगायतका अनावश्यक तर्क गर्दै भालेश्वर मन्दिरमात्र दर्शन गर्न मात्रै पर्यटक नआउने, पैदल मार्ग प्रयोग गर्ने यात्रुले बाटोमा फोहोर गर्ने गरेको आशय व्यक्त गरे । व्यवसाय संचालन गरेपछि फोहोर व्यवस्थापन गर्ने जिम्मा कम्पनीकै होला नी ? भनेर सोधिएको प्रश्नमा उनले केहि बेर बिवादास्पद तर्क गर्दै कम्पनीले गर्दै आएको दुर्व्यवहारको समेत बचाऊ गरे ।

प्रतिक्रिया दिनुहोस् :