आत्महत्या गरेका देवकोटालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा उपस्थित हुन ३५ दिने सुचना

वैशाख ३१ , काठमाडौं । गत बर्ष असोजमा आत्महत्या गरेका निरन्जन देवकोटालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ३५ दिन भित्र उपस्थित हुन सुचना जारि भएको छ ।

बैंकको स्वीकृति विना बैंकलाई कुनै जानकारी नदिई कार्यालयमा अनुपस्थित रहि हालसम्म पनि बैंकमा गैर्‍ह हाजिर रहि सम्पर्कमा नआउनु भएकाले एवं बैंकले खोजि गर्दा समेत फेला पार्न नसकेकाले सार्वजनिक सुचना जारि गरिएको छ । ३५ दिनभित्र कार्यालयमा अनुपस्थित हुनुको कारण र प्रमाण सहित बैंकमा उपस्थित हुन सुचनामा भनिएको छ ।

Advertisement:

गत असोजमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकको चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालीन मेगा बैंक हेटौडा शाखाका प्रमुख निरन्जन देवकोटाले त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेको भन्ने समाचार प्रकाशित भएको थियो् ।

बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका हुन् ।

निराजन देवकोटाले धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता समेत खोलेर त्रिुशली नदिमा हाम फालेको र मंगलबार दिनभर खोज्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको थियो ।

धादिङक तत्कालिन प्रहरी प्रमुखले माछा मार्ने एक व्यक्तिले हाम फालेको देखेर प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थल पुग्दा बा.प्र ०३-००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला मात्रै फेला परेको बताएका थिए ।

जागिर छोडिसकेको व्यक्तिलाई बैंकले नै बोलाएर काठमाडौं आएका र फर्कदा सो घटना भएको थियो । उनको शव अझै फेला परेको छैन ।

 

यो पनि पढ्नुहोस् : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकभित्र विवादै विवादको चाङ

Nepal-investment-mega-bank

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application