कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र
विराटनगर / कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । कोशी सरकारमा सहभागी मन्त्रीले शुक्रवार राजीनामा बुझाएका छन्।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए। गत असार १७ गते केन्द्रमा सत्ता समीकरण परिवर्तन भए पनि माओवादी केन्द्र प्रदेश सरकारमै थियो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि मन्त्रिहरुले आज राजीनामा बुझाएका हुन्।