तातोखबर, काठमाडौं / सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । [...]