कर्णाली याक्सले सुदूरपश्चिम रोयलल्सलाई दियो १०२ रनको लक्ष्य

karnali-yaks-royals

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयलल्सलाई १०२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा १०१ रनमा अलआउट भयो ।

कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए । त्यस्तै विलियम वोसिस्टोले १६ रन जोड्दा बाबर हायत १३ रनमा आउट भए। चाडविक वाल्टन र सोमपाल कामीले समान ११/११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Advertisement:karnali-yaks-royals

सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट लिए। त्यस्तै स्कट कुगलेइन र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा सेइफ जाइबले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस् :