कर्णालीसँग लुम्बिनी पराजित

काठमाडौं / जारि नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ।
कर्णालीले दिएको १२९ रनको लक्ष्य लुम्बिनीले सबै ओभर खेल्दै १२३ रन बनायो। लुम्बिनीका लागि टम मुर्स ३६, सन्दीप जोरा २४, सादविन जफर र आशुतोग घिरैया समान १६/१६, अर्जुन साउद र कप्तान रोहित पौडेलले क्रमश : १३ र १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन्।
कर्णालीका लागि जिसन मक्सुद २, विलियम बसिस्टो, सोमपाल कामी,नन्दन यादव, विपिन शर्मा एक एक विकेट लिए।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ४४ रन जोडे भने अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए। यस्तै चाडविक वाल्टन १३ र अन्य खेलाडी भने दोहोरो अंक जोड्न सकेनन्।
लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १-१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु