मीनबहादुरको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ / सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरूङले नेकपा (एमाले)लाई दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमवार सुनुवाइ हुँदा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश जारी भएको हो। अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले उक्त रिट दिएका थिए।
इजलासले यो विवादमा रिट निवेदक ज्ञान बस्नेतसमेत, विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
विवादास्पद र अनुसन्धानको दायरामा परेका गुरूङसँग एमालेले जग्गा लिएको भन्दै सोही पार्टीका केही नेतासहितले विरोध गरिरहेका छन्।
एमालेले सहयोग लिन कुनै बाधा नपर्ने दावी गर्दै आएको छ। यसअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस