प्रधानमन्त्री ओलीले आज दमकको १८ तले बिजनेस कम्प्लेक्स भवन उद्घाटन गर्ने

काठमाडौं/ हालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ।
दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्।
सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए। व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको आज नै उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु