सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वसको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिव वेदबहादुर बोगटीले जानकारी दिए।
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए।
नियुक्त भएकोे ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन् । विपक्षमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका पाँच र राप्रपाका एक सांसद छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु