एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै

काठमाडौं / नेकपा एमालेको पोलिब्यूरो बैठक बुधबार समापन हुँदैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखि शुरु हुनेछ।
बैठकमा पोलिब्यूरो सदस्यले महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको वार्षिक कार्ययोजना र समसामयिक विषयमा केन्द्रित भएर धारणा राख्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। सबै पोलिट्ब्यूरो सदस्यले राय प्रस्तुत गरेपछि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने उनले बताए।
बाँकी रहेका जिल्ला, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान लगतायका विषयमा पनि बैठकमा छलफल हुनेछ। एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस