ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेटमा एपिएफको सुखद शुरुवात

तातोखबर, काठमाडौँ / ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी-२० क्रिकेटमा साविक विजेता एपिएफ क्लबले सुखद शुरुवात गरेको छ।
आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई २४ रनले पराजित गर्दै एपिएफले सुखद शुरुवात गरेको हो । यसअघि उद्घाटन खेलमा ललितपुर मेयर-११ ले बागमती प्रदेशलाई सहजै पराजित गरेको थियो।
दोस्रो खेलमा वर्षाका कारण खेल ५ ओभरमा छोट्याइएको थियो। ५ ओभरमा एपिएफले दिएको ५७ रनको लक्ष्य पछ्याएको कोशीले ५ ओभर नै खेले पनि २ विकेटको क्षतिमा ३२ रन मात्र बनाउन सक्यो।
कोशीकी कप्तान अप्सरी बेगम २५ रनमा अविजित रहे पनि जित दिलाउन असफल भइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
एपिएफकी कप्तान सीता रानामगरले १ विकेट लिइन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३ विकेट गुमाउँदै ५६ रनको चुनौतीपूर्ण योगफल बनायो।
इन्दु बर्माले १५ बलमा ३८ रनको योगदान गरिन्। उनको इनिङमा ५ चौका र २ छक्का रह्यो। खराब शुरुवात गरेको एपिएफका लागि इन्दुबाहेक अन्य ब्याटर चल्नै सकेनन्।
कोशीको बलिङमा एलिसा खडिया र हिरणमयी रोयले १/१ विकेट लिए। २ ओभर बलिङ गरेकी सबनम राई महँगो सावित भइन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु