नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने : हरिवंश आचार्य

तातोखबर, काठमाडौँ / अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने धारणा राखेका छन् । शनिवार चलचित्र महाजात्रा प्रदर्शनको ५१औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
उनले चलचित्र महाजात्रा दुई/तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान लगाए । उनले अहिले ५१औँ दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताए ।
उनले नेपाली चलचित्रको प्रतिष्पर्धा स्वदेशीसँग नभइ विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौँ खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताए ।
उनले भने, ‘विदेशी फिल्मसँग नेपाली फिल्मले प्रतिष्पर्धा गर्नुपर्छ। उनीहरुले अर्बौं खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ । हाम्रो मुख्य प्रतिष्पर्धा विदेशी चलचित्रसँग हो। स्वदेशी चलचित्रसँग हामी प्रतिष्पर्धा गर्नु हुँदैन । नेपाली चलचित्रको टिमले विदेशी चलचित्रको टिमलाई जित्नुपर्छ ।’
अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिए पनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने पनि बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस