चलचित्र महाजात्रा ; राजनीतिक नेतृत्वले भत्काएका सपना
![](https://www.tatokhabar.com/wp-content/uploads/2024/03/IMG_20240322_222808.jpg)
हेटौंडा – लचित्र ‘महाजात्रा’ हेटौडाका दर्शकहरुले मन पराएका छन् । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘ महाजात्रा´ पहिलो शो हेर्न पुगेकाका दर्शकहरुले चलचित्र औधी मन पराएका छन् । चलचित्रले मनोरञ्जन दिनुको साथै सन्देश समेत प्रवाह गरेको छ।
हेटौंडा४ स्थित नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पहिलो शो हेर्न संचारकर्मीहरुलाई समेत निमन्त्रणा गरिएको थियो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई नेपाली चलचित्र प्रती उत्साहित गराएको छ। चलचित्रले पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनुको साथै गलत कामबाट आउने समस्या र समाधान बारे चलचित्र मार्फत देखाउन खोजिएको छ।
राजनीतिक दलहरूले आफ्नो प्रयोजनका लागि भविष्य बोकेका युवाहरुको सपना कसरी भत्काइदिन्छन भन्ने कुरा चलचित्रले देखाएको छ ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्न र पैसाको कारण आइपर्ने समस्यालाई चलचित्रमा मार्फत सहज तरिकाले प्रस्तुत गरिएको छ ।
हरिवंश आचार्य संगै अभिनय गर्ने कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, लगायतका कलाकारको अभिनयले चलचित्रलाई उत्कृष्ट बनाउन सफल भएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरलको संगीत छ ।
उनिहरुले चलचित्र हेरिरहदा समय वितेको पत्तै नपाएको बताए । चलचित्र चलचित्र हेर्न आएका सम्पुर्ण शदर्शकहरुले चलचित्रको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको खुलेर तारिफ गरेका छन् ।
![](https://www.tatokhabar.com/wp-content/uploads/2023/10/daju-bhai-ad-1.gif)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
वीर अस्पतालमा गत वर्ष २४ वटा मात्रै मिर्गौला प्रत्यारोपण
-
२.
थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
-
३.
बागमती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार
-
४.
अमेरिकामा विमान दुर्घटना हुँदा १० एकडको जंगलमा आगलागी, मृतकको संख्या अज्ञात
-
५.
विमान दुर्घटना : थप ६ जनाको शव आफन्तलाई बुझाउने तयारी