थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले दुई दलीय व्यवस्थातिर मुलुकलाई लैजान खोजेको सङ्केत गरेका छन्।
पुष्पलालको १०० औँ जन्म दिनको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधन गरी थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र भइरहेको जिकिर गरे।
दुई दलीय प्रणाली स्थापित गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ।
लोकतान्त्रिक गणतन्त्रात्मक देशमा दुई ठूला दल मिल्नु पनि उचित नभएको उनले बताए।
बिचौलियाको सेटिङ भत्काउन खोजेको परिणाम नै आफू सरकारबाट बाहिरिनुपरेको उनले बताए।
उनले कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउनुपर्ने पनि बताए।
एमालेभित्र पनि देशभक्तको ठूलो पंक्ति रहेको भन्दै उनले एकपटक असफल भयो भन्दैमा कम्युनिष्ट आन्दोलनलाई एकजुट गराउने प्रयास नरोक्ने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु