प्रदेस्तरीय महिला उद्यमी सम्मेलन सुरु

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको संयोजन तथा बागमती प्रदेश महिला उद्यमी विकास समिति, उद्योग वाणिज्य भुमी तथा प्रशासन मन्त्रालय ,उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय हेटौंडाको आयोजनामा दुइ दिने महिला उद्यमी सम्मेलन सुरु भएको हो ।

आइतबार नेपाल वाणिज्य महासंघ वागमती प्रदेश सचिव राजेन्द्र केसीको सभाध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मलन उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले महिला उद्यमशीलताको सन्दर्भमा विगत लामो समय देखि सरकारले लगानी गरेको स्मरण गर्दै स्थानीय , प्रदेश तथा संघीय सरकारले महिला शसक्क्तीकरणको क्षेत्रमा गरेको लगानी प्रतिफलयुक्त भए नभएकोबारे समीषा गर्न जरुरी रहेको बताए । महिलालाई उद्यमी बन्नका लागि पैतृक सम्पत्ति र आर्थिक स्रोत नहुने हुँदा समस्या हुने गरेको बताउँदै मन्त्री मुक्तानले अत्यधिक संघर्षका बाबजुद हार्न भने छुट नभएको बताइन् ।

Advertisement:

सरकारले दिएको अनुदानलाइ व्यवस्थापन गर्न हैरानी छ भन्ने महिला उद्यमीको गुनासोलाई समाधान गर्न अभिमुखीकरण आवश्यक रहेको मन्त्री मोक्तानको भनाइ थियो । हालसम्म महिलाले चलाएको कुनै पनि कार्य वैइमानीको नभएको भन्दै मन्त्री मुक्तानले कुनै पनि महिला अख्तियार धाउनुपरेको नसुनिएको बताइन् । सम्मेलनमा १३ वटै जिल्लाका २८ उद्योग बाणिज्य संघका उद्यमी महिलाहरुको हातले बनाएका विभिन्न सामाग्री प्रदर्शनमा राखिएको थियो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा, महिला उद्यमी समिति बागमती प्रदेश कार्यकारी सदस्य गीता अमात्य, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल सम्मेलनको कार्यक्रम संयोजक मेनुका श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application