फागुन ११ देखि ‘गोर्खा वारियर’ प्रदर्शन हुने

मकवानपुर – बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा समेटिएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी निर्माण टिमले आगामी फागुन ११ गते नेपालभर प्रदर्शन हुने जानकारी दिए ।
युद्धको कथामा बनेको नेपाली चलचित्रमा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा समेटिएको चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी दिए । ‘गोर्खा वारियर’ सन् २०२४ को ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा फिल्म) मा प्रवेश पाउने पहिलो नेपाली चलचित्र पनि हो ।
चलचित्र ‘गोर्खा वारियर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा नायिका रेविका गुरुङ, नायक रितेश चाम्स, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्का, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application