श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना गरिने

काठमाडौं, ३ बैशाख / संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुने भएको छ । वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव आयोजना गर्न लागिएको हो ।
आगामी बैशाख ६ गते शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्राङगणमा सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) को शुरुवात वैशाख ६ गते बिहान कलश यात्रा हुने र कथाबाचन महायज्ञमा पं.चन्द्रकान्त काफ्लेबाट हुनेछ ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्र अध्यक्ष समाजसेवी तीलबहादुर कार्कीद्वारा स्थापना गरिएको संयुक्त अपाङ्गता केन्द्रमा अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेको जानकारी दिईएको छ । संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गर्न लागिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने र पितृ मोक्षसहितको सप्ताह ज्ञान महायज्ञको उद्देश्य रहेको अध्यक्ष कार्कीले बताएका छन् ।
यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित भई कथा श्रवण गर्न अनि मन, बचन र कर्मले सक्दो सहयोग गर्न समेत सम्पूर्ण भक्तजनहरुमा अध्यक्ष कार्कीको आग्राह रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस