नेपाल आइडलका विजेता रवि ओड प्रहरीको नियन्त्रणमा

rabi odd Singer

तातोखबर, काठमाडौं / वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा रहेका छन्। इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले उनीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

Advertisement:rabi odd Singer

नेपाल आइडल सिजन- २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत  चैत २ गते  उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । तर  देश बाहिर रहेका कारण उनी पक्राउ परेका थिएनन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application