सर्बोच्चमा दायर गाँजा मुद्दा सुनुवाईका लागी बालेन चोकमा शान्तिपूर्ण आन्दोलन हुने

काठमाडौँ / नेपाल फार्म व्यवसायी संघले नेपालमा गाँजा वैधानिक्ताका लागि नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र सर्वोच्च अदालतले मुद्दाको सुनुवाइमा ढिला सुस्ती गरि बार बार पेशी सारेको भन्दै सो मुद्दाको अग्राअधिकार सुनिश्चित गर्न जन-दवाव तथा सामग्री प्रदर्शन गर्ने भएको छ।
यहि श्रावण महिनाको २१ गते पेशी परेकाले नेपाल गाँजा वैधानिक महाअभियान र नेपाल फार्म व्यवसायी संघको संयुक्त अपिलमा श्रावण १२ गते देखि २१ गते सम्म काठमाडौँ केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।
उक्त समूहले लामो समय देखी नेपालमा गाँजा वैधानिक हुनुपर्छ भन्ने माग राख्दै आएका छन्। आन्दोलन भन्द्रकाली र सिंह दरबार बिचमा आयोजना हुने भएको छ। सरकारमा सहभागी राजनीतिक दलका नेताहरुले रोस्टममै उभिएर गाँजा वैधानिकको बिषयमा बेला बेला बोल्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस