२९औं पटक सगरमाथाको टुप्पोमा पुगे कामीरिता

Kamirita-Hherpa-Record-MountEverest

सोलुखुम्बु / कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन्।

सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisement:Kamirita-Hherpa-Record-MountEverest

उनले  गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखर पुगेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थालेका थिए । ५४  वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेतको आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application