चाडबाडले बजारमा चहलपहल

तातोखबर,२ कात्तिक / ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनययता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ ।
अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताउनुभयो । “चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ”, उहाँले भन्नुभयो ।
चाडबाडको समय सुरु भएकाले बजारमा भीडभाड बढेको महेन्द्रनगरकै अर्का व्यापारी जयसिंह भण्डारीले बताउनुभयो । “बजारमा भीडभाड बढेकाले व्यापार हुने आशा छ”, उहाँले भन्नुभयो, “अरु समयभन्दा चाडबाडमा बढी व्यापार हुने गर्छ ।”
गाउँ सहरमा दसैँ तिहारको रौनक छाएको छ । चाडबाडले घरबाट टाढा रहेका घर फिर्ती भएका छन् । चाडबाडको किनमेल सुरु भइसकेको छ । सुस्ताएको व्यापार चाडबाडले चलायमान बनाउने व्यापारीको विश्वास छ ।
बजारमा चहलपहल भए पनि व्यापार भने मन्द रहेको उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । “चाडबाड सुरु भइसक्दा पनि अझै व्यापार चलायमान हुन सकेको छैन, आर्थिक मन्दी छ”, उहाँले भन्नुभयो, “व्यापार खस्किँदै गएको छ ।”
कोरोना महामारीपछि व्यापार व्यवसाय निकै धरासायी भएको उहाँको भनाइ छ । घर बाहिर रहेकाहरु आफू रहेको ठाउँमै चाडबाड मनाउन थालेपछि बजारमा चहलपहल घटेको अध्यक्ष जोशीले बताउनुभयो ।
“भारत तथा विदेशमा रहेका पनि चाडबाड त्यतै बनाउन थाले, त्यसैले पुख्र्यौली थातथलोमा चहलपहल विगतको तुलनामा निकै कम छ”, उहाँले भन्नुभयो, “महङ्गाइ पनि निकै बढेको छ, त्यसैले पनि विगतको जस्तो व्यापार छैन ।”
नेपाली बजारभन्दा भारतीय बजारमा सामान सस्तो पाइने हुनाले उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेका छन् । -रासस
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस