बजारमा खाने तेलको मूल्य बढ्यो : व्यापारीले चाडपर्वको मौका छोपे

काठमाडौं / नेपाली बजारमा खाने तेलको मूल्य बढेको छ।
व्यापारीले चाडपर्वको मौका छोपेर मूल्य बढाएको आँकलन गर्न थालिएको छ। अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको र बजारमा तेल माग अत्यधिक बढेको भन्दै उनीहरुले कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म मूल्य बढाएका हुन्।
सनफ्लावर र भटमासको तेल प्रतिकार्टुन २ हजार २ सय ५० देखि २ हजार ३ सय रुपैयाँसम्म होलसेल मूल्य पुगेको छ। यसअघि सोही तेल प्रतिकार्टुन १ हजार ९०० रुपैयाँसम्म होलसेल मूल्य रहेको थियो।
यस्तै तोरीको तेलमा प्रतिकार्टुन २ हजार ५ सय ५० देखि २ हजार ६०० रुपैयाँ होलसेल मूल्य थियो भने हाल बजारमा ३ हजार रुपैयाँसम्म पुगेको छ। खुद्रा बजारमा यसको मूल्य अझ बढ्नेछ।
सनफ्लावर र भटमासको तेलको होलसेल मूल्य नै प्रतिलिटर २३० रुपैयाँसम्म पुग्छ। खुद्रा मूल्यमा बिक्री गर्दा यसको २६० देखि ७० रुपैयाँसम्म पुगेको छ। तोरीको तेलको मूल्य प्रतिलिटर ३१९ रुपैयाँसम्म पुगेको छ।
अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थ र डलरको मूल्य बढ्नुको कारण नेपालमा तेलको भाउ बढेको व्यापारीहरु बताउँछन्। तेलको मूल्य थपघट हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव पर्ने उनीहरुको दाबी छ। अहिले सनफ्लावर र भटमासको माग दक्षिण एसिया क्षेत्रमै बढेको असर नेपालमा परेको बताइन्छ।
युक्रेन र रसियाले धेरै मात्रामा नेपालमा भटमास तेल निर्यात गर्छन्। पछिल्लो समय यी दुई मुलुकबीचको द्वन्द्वले पनि कच्चा पदार्थ आयातमा असर पुगेको दाबी व्यवसायीको छ।
यद्यपि, नेपाल चामल, तेल, दाल उत्पादक संघले तेलको मूल्यवृद्धिबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस