सुनचाँदीको मूल्य घट्यो, अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू. ६५ घटेको हो।
बिहीबार सुन प्रतितोला रू. एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू. एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू. एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू. एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ।
आज नेपाली बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसका कारण नेपाली मुद्रा इतिहासमै कमजोर अवस्थामा रहेको छ ।
आज १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ०८ पैसा कायम भएको छ भने खरिददर १३५ रुपैयाँ ४८ पैसा छ । यो अहिलेसम्मकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु