शेयर बजार परिसूचक नेप्से ३६.८६ अंकले बढ्यो, कसले कमाए

तातोखबर, काठमाडौँ /आज शेयर बजार परिसूचक नेप्से ३६.८६ अंकले बढेर १९८५.४४ को विन्दुमा कायम भएको छ।

सूचीकृत २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Advertisement:

आज सबै उपूचकमा हरीयाली छाएको छ। आज होटल एण्ड टुरीजम र हाईड्रोपावरको उपसूचकमा उछाल आएको छ।

शेयर बजार बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनिरल्स, सानिमा लार्ज फण्ड लगायतका अन्य कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application