आज १८ अंकले घट्यो नेप्से

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अंकले घटेर २ हजार ६२७ दशमलव १४ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ९९ अंकले ओरालो लागेर ४७४ दशमलव २६ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ।
कूल १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५७ रुपैयाँमा कारोबार भएको छ।
नेप्सेका अनुसार नेपाल एसबिआई बैंक ९ दशमलव ७५, पिपल्स पावर ७ दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड ७ दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी ६ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले ६ दशमलव शून्य १ प्रतिशतले कमाएका छन्।
रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो ५ दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव ९०, गुडविल फाइनान्स ४ दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतले गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस