हेटौँडा / बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिएका छन्। छलफलमा सहभागी प्रदेशसभाका सदस्यहरुले विभिन्न मन्त्रालयले तर्जुमा गरिएको नीति कार्यक्रम र बजेट बाँडफाँडलाई लिएर उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका हुन्। बैठकमा श्रम, रोजगारमन्त्री लक्ष्मण लम्साल, कृषि [...]