टीआरसी विधेयकमा सहमति खोज्न तिन दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी)मा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच अहिले छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू टीआरसीमा सहमति जुटाउने प्रयासमा छलफल भैरहेको छ।

Advertisement:

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरिरहेका छन्। यही विषयमा सहमति खोज्नओली र देउवालाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एमालेले पीडितलाई केन्द्रमा राखी टीआरी विधेयक अघि बढाउनु पर्ने माग राख्दै आएको छ। यसअघिको कांग्रेस, माओवादी गठबन्धन सरकारका बेला अघि बढाउन खोज्दा एमालेले अवरोध गरेको थियो।

हाल समिकरण बदलिएर एमाले माओवादी गठबन्धनको सरकार भएका बेला विधेक अघि बढाउन एमाले तयार भएता पनि कांग्रेसले चासो दिएको छैन। नयाँ समीकरण पछि पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा टीआरसीसम्बन्धी कानुन बनाउने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस् :