यातायात कार्यालय पोखरामा सेवाग्राही र पत्रकारमाथि अभद्र व्यवहार

कास्की, तातोखबर संवाददाता / यातायात व्यवस्था कार्यालय सवारी अनुमतिपत्र , कास्कीमा सेवाग्राही माथि कर्मचारीले अभद्र व्यवहार व्यवहार गरेका छन्।

सेवाग्राहीले सवारी चालक अनुमतिपत्र नवीकरणका लागि सम्पूर्ण प्रकृया पुरा गरेर मेडिकल गर्न जाने क्रममा कर्मचारीले सेवाग्राही माथि तुच्छ शब्दको प्रयोग गर्दा भनाभन भएको थियो। आफुले बुवाको लाईसेन्स नविकरण गर्न आएको, मेडिकल पनि गरेको त्यस पछि राजश्व तिर्ने समयमा कर्मचारीले तुच्छ शब्द बोलेर यो मिल्दैन भनेपछि विवाद सुरु भएकाे हो। सेवाग्राही ले नमिल्ने भए किन प्रक्रियामा किन लगेको बिल, किन काटेको भनेर सोध्दा धेरै कर्मचारीले आफ्नो बचाउ गर्न एकजना सेवाग्राही माथि कामै छोडेर तथानाम बोल्न तम्सिएका थिए।

Advertisement:

उक्त विवादको भिडियो बनाउने क्रममा तातोखबरका पत्रकार माथि समेत दुर्व्यवहार भएको छ । त्यहाँ खटाइएका ट्राफिक प्रहरीले भिडियो खिच्ने क्रममा हातबाट मोबाइल थुतेका थिए। म पत्रकार हो म रिपोर्टिङका आएको हो भनेर कार्ड देखाउदा कार्ड समेत खोसिएको थियो ।

बिचौलियाले लाइसेन्स प्राप्त व्यक्ति स्वयं उपस्थित नभै नविकरण गर्ने गरेको सुचनाको आधारमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गर्नुले कार्यालयको बदमासी रोक्न प्रहरीको सहयोग रहेको प्रष्ट हुन्छ।

पत्रकारको मोबाइल खोस्न सक्ने प्रहरीले बिचौलियाहरू गेटमै बार्गेनिङ गरेर बसेको नदेख्ने कसरी हुनसक्छ?

प्रतिक्रिया दिनुहोस् :