मौसम : बागमती, कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं : बागमती, कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ। बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।