बालश्रम न्यूनीकरण गर्न हेटौंडामा छलफल
हेटौंडा – श्रमिक बालबालिकाको सहभागिता तथा बाल श्रम न्यूनीकरण सम्बन्धि सोमवार हेटौंडामा सरोकारवालाबिच छलफल भएको छ । गैसस महासंघ नेपाल जिल्ला शाखा मकवानपुर र आसमान नेपालको संयुक्त आयोजनामा छलफल कार्यक्रम भएको हो ।
हेटौंडाको शहरभित्र रहेका गाउँ–गाउँमा अझैं पनि बालबालिकाको अवस्था चिन्ताजन रहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले वालबालिका विभिन्न कारणले श्रममा लाग्नुपर्ने बाध्यता कायमै रहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् । मकवानपुरको मनहरीमा ट्याक्टर चलाउने, गिट्टी कुट्ने, होटलमा काम गर्न जाने र मकवानपुरगढी, बागमती, इन्द्रसरोवर, कैलाश लगायतका क्षेत्रबाट बालबालिकाहरु गलैचा फ्याक्ट्रीमा काम गर्न गएको बालबालिकाको क्षेत्रमा काम गरिरहेका सरोकारवाला संस्थाका प्रतिनिधिको भनाई छ ।
मकवानपुरको विभिन्न स्थानमा रहेका वर्कसपमा भारतीय बालक श्रममा रहेका छन । श्रममा लागेका बालबालिकाको दिगो पुर्नःस्थापना गर्न चुनौति रहेको उनीहरुको भनाई छ । छलफलमा सहभागि शिक्षक, पत्रकार, श्रमजिवी, विद्यार्थी एवं अभिभावकले बाल श्रम न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन ।
कार्यक्रममा गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, सिविन नेपालका प्रमुख झविन्द्र ज्ञवाली, मामाघर नेपालका प्रमुख अर्पण पराजुली, आसमा नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारी, आसमा नेपालका रक्की प्रसाद साह, गैसस मकवानपुरका सचिव सन्तोष पौडेल, सह–सचिव गोकर्ण तिवारी, सदस्य नवराज शर्मा लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
बहुमतको दम्भमा आजै विश्वासको मत लिनु नौलो र दुःखदायी घटना : काँग्रेस
-
२.
राष्ट्रियसभा राजनीतिक समस्या समाधान गर्ने थलोका रूपमा स्थापित हुनुपर्ने : दाहाल
-
३.
कांग्रेस संसदीय दलको आकस्मिक बैठक जारी
-
४.
आवश्यक परे १०-१२ पटक विश्वासको मत लिन्छु : प्रधानमन्त्री
-
५.
बालेनले सार्वजनिक गरे गिरीबन्धुजस्तै जग्गा साट्ने निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी (नामसहित)