संसदीय छानबिन विशेष समितिले सहकारीपीडितसँग भोलि छलफल गर्ने
काठमाडौँ / सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने निर्णय भएको छ। मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा ‘क्षेत्री’ले जानकारी दिए। आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो। बुधवार पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ।
सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौँ। २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरूलाई बोलाएका छौँ। सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रूपमा, व्यक्तिगतरूपमा अनेक हिसाबले सहकारीबाट पीडित भएकाहरूका कुरा सुन्ने कार्यक्रम बनाएका छौँ।’
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो। अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका उपायको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट ग्लोबल आइएमई बैंक सम्मानित
-
२.
एसीसी मेन्स इमर्जिङ कपको फाइनलमा आज अफगानिस्तान र श्रीलंका भिड्ने
-
३.
साफ महिला च्याम्पियनसिप : पाँच पटकको विजेता भारतलाई हराउने दाउमा नेपाल
-
४.
जंगलमा हराएका चारजना पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार
-
५.
रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो, म होइन : प्रचण्ड