रास्वपाको केन्द्रीय समिति बैठक आह्वान
तातोखबर, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो सोमवार केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
सत्ता समीकरण फेरबदलपछि सरकारमा सहभागी भएको रास्वपाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाएको हो।
पार्टी प्रवक्ता मुकुल ढकालले उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगलाई छाडेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि त्यसमा अहिले रास्वपा, जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
सिरहा, धनुषा, सप्तरी र महोत्तरीका सीमानाका तीन दिनका लागि बन्द
-
२.
शिक्षकहरूलाई कार्यसम्पादन मूल्यांकन फारम भरेर बुझाउन निर्देशन
-
३.
२ अर्ब लगानीको त्रिशूली थ्री बी हब २२० र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन
-
४.
ऊर्जामा बैंकले लगानी वृद्धि गर्नु पर्छ : गणेश कार्की
-
५.
सशस्त्रको प्रवक्तामा डीआईजी कुमार न्यौपाने