आज दुईवटा संसदीय समितिको बैठक बस्दै

samsad sachiwalaya

काठमाडौं / दुईवटा संसदीय समितिको बैठक मंगलबार बस्दैछ। दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।

बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

Advertisement:samsad sachiwalaya

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :