तीन वटा संसदीय समितिको बैठक आज

काठमाडौं / तीन वटा संसदीय समितिको बैठक बुधबार बस्दैछ। बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ।
बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुनेछ। यस्तै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नुपरेका नीतिगत एवंव्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा पनि छलफल हुनेछ।
बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ।
यसैगरी दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु