जनप्रिय र चन्द्राेदय बालमैत्री घाेषणा हुँदै

हेटौंडा – हेटौंडा १६ चिसापानी स्थित जनप्रिय माध्यमिक ( प्राविधिक) विद्यालयले बालमैत्री विद्यालय घोषणाका लागि सूचक पुरा गरेको छ । बालमैत्री बिद्यालयका ११ वटा सूचक पुरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले आज आइतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।
बालमैत्री विद्यालय घोषणाका लागि सबै सूचकहरु पुरा गरिएको र एक समारोहका बीच फागुन २२ गते बिहान ९ बजेको समयमा बालमैत्री विद्यालय घोषणा गरिने विद्यालयका प्रधानध्यापक भुपेन्द्र चौलागाईंले बताए ।
बालमैत्री अभियान अन्तर्गत पूरा गर्नु पर्ने सुचक पूरा गर्दै विद्यालय व्यवस्थापन समितिमा बाल क्लबको निर्णयका लागि सृष्टि अधिकारी र प्रख्यातमान लो लाई समितीको प्रत्येक बैठकमा सहभागी समेत गराइएको प्रधानाध्यापक चौलागाईंले बताए।विद्यालयमा १८ सय विद्यार्थी अध्ययनरत छन् ।
पत्रकार सम्मेलनमा सामाजिक विकास संयोजक तथा वडा अध्यक्ष रामकृष्ण कोइराला, १६ नम्बर वडा सदस्यहरु , वडा सहजकर्ता सुजता धिमाल, विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै हेटौंडा -८ कमाने स्थित श्री चन्द्रोदय माध्यामिक विद्यालयले बालमैत्री विद्यालय घोषणाका लागि सूचक पुरा गरेको छ । बालमैत्री बिद्यालयका ५१ वटा सूचक पुरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले आज आइतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।
बालमैत्री विद्यालय घोषणाका लागि सबै सूचकहरु पुरा गरिएको र एक समारोहका बीच फागुन २२ गते बिहान ११ बजेको समयमा बालमैत्री विद्यालय घोषणा कार्यक्रम गरिने विद्यालयका प्रधानध्यापक जिधराज ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस