बंगलादेशको आम निर्वाचनका लागि देशका अधिकांश भागमा सेना परिचालन

बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरू हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ ।
बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवरी २० सम्म रहनेछन् । अक्टोबरको अन्त्यदेखि बंगलादेशी विपक्षी दलहरूले सत्तारुढ बंगलादेश अवामी लीग (एएल) पार्टीको सरकारलाई सत्ता छोड्न र अर्को चुनाव निर्दलीय प्रशासनमा गराउन दबाब दिन लगातार नाकाबन्दी र हड्तालहरू गर्दै आएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले बारम्बार सत्ता त्याग गर्न विपक्षीको आह्वानलाई अस्वीकार गर्दै देशको आगामी राष्ट्रिय निर्वाचनलाई जनताको इच्छा झल्काउने गरी स्वतन्त्र, निष्पक्ष र तटस्थ बनाउने आफ्नो वाचालाई दोहोर्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस