साफ यू–२० च्याम्पियनशिपको फाइनलमा नेपाललाई हराउँदै बंगलादेश विजयी
काठमाडौँ / दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनशिपको फाइनल खेल बंगलादेशले जितेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधवार भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ गोलले सहजै पराजित गर्दै उपाधि जित्न सफल भएको हो। यससँगै बंगलादेशले पहिलोपटक साफ यू-२० उपाधि हात पारेको हो।
एकपक्षीय खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ गोल गरे भने राबी हुसेन राहुल र पियास अहमद नोभाले १/१ गोल गरेका थिए। नेपालका लागि समीर तामाङले एक गोल फर्काए।
पहिलो हाफमा नेपालले पाएका आधा दर्जनभन्दा बढी अवसर गोलमा परिणत गर्न नसक्दा गोल अन्तर घट्न नसकेको हो।
खेलको शुरुदेखि अन्त्यसम्मै बंगलादेशको दबाब झेलेको नेपालको घरेलु मैदानमा भएको उपाधि भिडन्तमा ह्याटट्रिक गर्ने चाहना पूरा हुन सकेन। यसअघि नेपालले सन् २०१५ र सन् १०१७ मा साफ यू-२० च्याम्पियनशिपको उपाधि जितेको थियो।
दोस्रो हाफमा बंगलादेशले गोल गरेपछि दर्शकले मैदानमा पानीका बोतल फ्याँकेका थिए।
नेपालले समूह चरणको खेलमा भने बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो। नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल पुगेको थियो।
बंगलादेशले भने साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले पराजित गर्दै फाइनल पुगेको थियो। च्याम्पियनशिपमा सार्क राष्ट्रका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
२.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
३.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
४.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
५.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार