इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लज्जास्पद हार

city

काठमाडौं /  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ। गएराति भएको खेलमा सिटी टोटनहमसँग ४–० ले पराजित भयो।

सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो। पहिलो हाफमै म्याडिसनले दुई गेल गरेपछि पेड्रो पेरोले टोटनहमका लागि दोस्रो गोल थपे। त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौथो गोल गरे।

Advertisement:city

यस नतिजासँगै घरेलु मैदान इतिहाडमा पेप ग्वार्डिओलाको सिटीको ५२ खेलको अपराजित यात्रा पनि टुंगेको छ। यो नतिजाका बाबजुद सिटी २३ अंकमा अझै दोस्रो स्थानमा छ र यो शीर्षमा रहेको लिभरपुलसँग पाँच अंकले पछाडि छ।  चेल्सी, आर्सनल र ब्राइटन समान २२ अंकमा शीर्ष पाँच भित्र छन्।

शनिबारका अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१, आर्सनलले नटिङघम फरेस्टलाई ३–०, ब्राइटनले बर्नमाउथलाई २–१ र उल्भ्सले फुलहमलाई ४–१ ले हरायो। एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले।

प्रतिक्रिया दिनुहोस् :