प्रिमियर लिगमा सिटीको हार, युनाइटेडको रोमाञ्चक जित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अर्को हार व्यहोरेको छ। आइतबार राति सिटीले आफ्नै मैदानमा चिर परिचित प्रतिद्धन्दी टिम म्यानचेस्टर युनाइटेडसँग २-१ को हार व्यहोरेको हो।
१-० ले पछि परेको स्थितिमा युनाइटेडले खेलको अन्तिममा रोमाञ्चक जित निकाल्यो। युनाइटेडले रोमाञ्चक जित निकाल्ने क्रममा खेलको ८८ मिनेटमा ब्रुनो फर्नान्डेज र ९० मिनेटमा अमद डिआलोले गोल गरे।
सिटीका जोस्को डिभारडिओलले खेलको ३६ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। त्यही अग्रतामा सिटी युनाइटेडसँग खेलको अन्तिम सम्हालिन सकेन। ८८ मिनेटमा फर्नान्डेटले पेनाल्टीमा गोल गरेका थिए भने डिआलोले लाउतारे मार्टिनेजको असिस्टमा गोल गरेका थिए। जारी प्रिमियर लिगमा यी दुवै टिमले खराब प्रदर्शनको कीर्तिमान नै बनाएका छन्।
युनाइटेडले १६ खेल खेल्दा ६ वटा मात्रै जितेको छ। युनाइटेड २२ अङ्क बटुल्दै लिगको १३औँ स्थानमा छ। सिटी १६ खेलमा ८ जितसहित २७ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ।
लिगकै अर्को खेलमा चेल्सीले ब्रेन्टफोर्डमाथि २-१ को नतिजा निकालेको छ। जितसँगै चेल्सी ३४ अङ्कसाथ लिगको दोस्रो नम्बरमा छ भने ब्रेन्टफोर्ड २३ अङ्क साथ ११ नम्बरमा छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु