ब्राइटनसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं / इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ।
गएराति सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए। १–० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार कमब्याक गर्दै सिटीलाई स्तब्ध बनाएको हो। म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए।
जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ। त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। सिटी शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडि रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस