इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विरुद्ध लिभरपुलको ३ गोल
काठमाडौं / इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ।
लगातार तेस्रो खेला जित निकाल्ने क्रममा लिभरपुलले आइतवार युनाइटेडलाई ३–० ले हरायो। युनाइटेडको हारका लागि उसकै मैदानमा हराउन लिभरपुलका लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे।
डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलमा नियन्त्रण बनाएको लिभरपुलका लागि सलाहले ५६औं मिनेटमा गोल थपे।
लिभरपुल ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। युनाइटेड ३ अंकका साथ १४औं स्थानमा छ।
इपिएलको तेस्रो राउन्डको खेल सकिदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम छ। १८ टोलीले कम्तिमा १ अंक जोड्दा समउथह्याप्टन र एभर्टन अंकविहिन छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै