इन्टर्नसिपसम्बन्धी ऐन संशोधन गर्न माग गर्दै बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थी

काठमाडौं / बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीले इन्टर्नसिपसम्बन्धी ऐनकाे संशोधन माग गर्दै सरकारको ध्यानकर्षण गरेका छन्। नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनको टोलीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
एसोसिएसनले हाल बंगलादेशमा इन्टर्नसिप गरिरहेका विद्यार्थीलाई बाँकी रहेको अवधिको इन्टर्नसिप नेपालमै गर्न व्यवस्था मिलाउन माग गरेको छ। विद्यार्थीले बंगलादेशमा जारी अन्योलका कारण आफूहरूले इन्टर्नसिप गर्न नपाएको भन्दै नेपालमै एक वर्षे इन्टर्नसिप गर्ने व्यवस्था गर्न माग गरे।
उनीहरूले विद्यार्थी तथा अभिभावकलाई ठग्ने कन्सल्टेन्सी र एजेन्टलाई तुरुन्त कारबाहीको दायरामा ल्याउनसमेत माग गरे। यस्तै नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षका निम्ति ६ महिना इन्टर्नसिप गर्नेपर्ने व्यवस्था संशोसधन गरी एमबीबीएस फाइनल परीक्षा उत्तीर्ण गरेलगत्तै दिन मिल्ने व्यवस्था मिलाउन माग गरेको अध्यक्ष नविन यादवले जानकारी दिए।
विद्यार्थीहरूले शनिबार शिक्षामन्त्रीलाई भेटेर आफ्ना माग बुझाउँदै छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस