साफ महिला च्याम्पियनसिप : आज बंगलादेश र पाकिस्तान भिड्दै

ललितपुर / साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
समूह ए मा रहेका यी दुई टोलीबीचको भिडन्तले सेमिफाइनलमा जाने टोलीको टुङ्गो लाग्नेछ। पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ को हार भोगेको थियो भने बंगलादेशले पहिलो खेल खेल्दैछ।
यो खेलको नतिजाले पाकिस्तानको अन्तिम चारमा जाने या नजाने टुङ्गो लाग्नेछ। बंगलादेशसँग पाकिस्तान पराजित भए प्रतियोगिताबाट बाहिरिने छ। जसको फाइदा एक खेल अघि नै भारत र बंगलादेशलाई पुग्नेछ।
सो नतिजाले उनीहरु सेमिफाइनलमा पुग्नेछन्। यसैगरी जितले पाकिस्तानको संभावना जिवितै रहनेछ भने बराबरीले बंगलादेश र भारतबीचको नतिजा कुर्नुपर्नेछ।
साफ महिला च्याम्पियनसिपको इतिहासमा बंगलादेश र पाकिस्तान जम्मा एक पटक मात्र आमनेसामने भएका छन्। सन् २०२२ को काठमाडौंमै सम्पन्न छैटौँ संस्करणको समूह चरणमा बंगलादेशले पाकिस्तानलाई ६–० ले हराएको थियो।
यो प्रतियोगिताको सातौं संस्करणसम्म आइपुग्दा बंगलादेशले एक पटक उपाधि जितेको छ भने एक पटक फाइनलमा हारेको छ। सन् २०२२ मा नेपाललाई हराएर उपाधि जितेको बंगलादेशले सन् २०१६ मा फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो। दक्षिण एसियामा नयाँ शक्ति बनेर बंगलादेश उदाएको छ ।
अहिलेसम्म ५ संस्करणमा मात्र सहभागी भएको पाकिस्तानका लागि पहिलो संस्करणमा सेमिफाइनलसम्म पुग्नु नै प्रतियोगिताको सबैभन्दा ठूलो उपलब्धि हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस