बंगलादेशको अन्तरिम सरकार प्रमुखको शपथग्रहण आज

ढाका / बंगलादेशको भर्खरै गठन भएको अन्तरिम सरकारका प्रमुखले आज शपथ लिने भएका छन् । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिए । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् ।
साथै उनले बंगलादेशमा ३४ दिनभित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताए। उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नेभीले मिलेर काम गरिरहेको समेत जानकारी दिए।
उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफुले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रकृयामा फर्किने विश्वास व्यक्त गरे।
गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाह्बुद्दीनले संसदको भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस