विद्यालयबाट ल्यापटप चोरी गर्ने चारजना बालक पक्राउ

कास्की / कास्कीको पोखरा महानगरपालिका–३३ बरपाण्डेथुममा रहेको एक विद्यालयबाट ल्यापटप सहितका समान चोरी गर्ने चारजना बालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत शुक्रबार शान्ति उदय माध्यमिक विद्यालयको कार्यालय कोठा, कक्षाकोठा र कम्प्युटर ल्याब शाखाको ढोका फुटाएर चोरी भएको भएको थियो। विभिन्न कम्पनीका ११ थान ल्यापटप, सात थान चार्जर, माउस, विभिन्न प्रकारका इलेकट्रोनिक्स डिभाइसहरू चोरी भएको पाइएको थियो ।
चोरी गरेकाहरूले विद्यालयका अन्य ल्यापटप, कम्प्युटर, सिसी क्यामेरा, सिसिटिभी मनिटर, लाइट, प्रोजेक्टर, साउन्ड सिस्टम स्पिकर कन्ट्रोलर, स्टेशनरी कागजातमा समेत क्षति पुर्याएका थिए ।
विद्यालयमा चोरी भएको बारेमा इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिहरूलाई खोजतलास गर्दा शनिवार नै चारजना बालकहरू पक्राउ परे। सोही वडाका ती बालकहरूको साथबाट तीनवटा बिग्रिएका र सातवटा चालु अवस्थामा रहेका ल्यापटप बरामद भएका छन् ।
कास्की प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धानको लागि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी सोधपुछ लगायतका अनुसन्धानहरू चलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस