लुम्बिनी प्रदेशका जिम्मेवार विहिन मन्त्रीहरूले जिम्मेवारी पाए

दाङ / लुम्बिनी प्रदेशमा जिम्मेवार विहिन रहेका मन्त्रीहरूले शुक्रबार जिम्मेवारी पाएका छन्। गत साउन ९ गते बिना विभागीय मन्त्री बनेका नेकपा एमाले र काङ्ग्रेसका ८ जना मन्त्रीले १० दिनपछि जिम्मेवारी पाएका हुन्।
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मन्त्रीहरूको कार्यविभाजन गरेका हुन्।
जसमा काङ्ग्रेसबाट मन्त्री बनेका धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालय, बादशाह कुर्मीलाई वन तथा वातावरण र प्रचण्डविक्रम न्यौपानेलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रदेशमा काङ्ग्रेसले अझै एकजना मन्त्री पठाउने तयारी समेत थालेको छ।
यस्तै, एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, खेमबहादुर सारूले स्वास्थ्य मन्त्रालय र सीता शर्माले ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
लुम्बिनीमा १२ मन्त्रालय रहेकोमा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय र काङ्ग्रेसलाई र २ मन्त्रालय साना दललाई दिने गरी सहमति भएको थियो। अहिले मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालय आफैँले राखेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस