बागमती प्रदेश पर्यटन प्रवर्द्धनका लागि तयार छ : मुख्यमन्त्री लामा
काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आफूहरु तयार रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो गल्ती नगर्ने बताए। उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए।
मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए। उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री लामाले भने, ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न बागमती प्रदेश सरकार तयार छ। बागमती प्रदेशले पर्यटन प्रवद्र्धनका लागि यस अघि जुन लगानी गरेको छ। हाम्रो समाजलाई पनि शुद्धिकरण गरेर टुरिष्टहरुलाई आकर्षित गर्ने कम्तीमा पनि २÷३ दिन घुम्ने ठाउँ चाहियो नि।’
मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
२.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
३.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
४.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
५.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार